शरणार्थी प्रकरणमा आज नेकपा एसले प्रदर्शन गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीका उपमहाचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *