नेपाली क्रिकेट टोलीले मलेसियासँग टी–ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । सिरिज मे २९ बाट मलेसियाको घरेलु मैदानमा हुने हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ । जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेको थियो । गत वर्ष घरेलु भूमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी–ट्वान्टी सिरिज खेलेको थियो । युगान्डाले सो सिरिज ३–२ ले जितेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *