यी ४ पालिकाको कर एनआईसी एशियाको मोबाइल बैंकिङ एपबाटै तिर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले चार वटा पालिकाको कर तिर्न मोबाइल बैंकिङ एपबाट तिर्न सक्ने व्यवस्था गरेको छ । बैंकले काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिकाको कर मोबाइल बैंकिङ एप वा इन्टरनेट बैंकिङबाट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

बैंकले यी ४ पालिकासँग समझदारी गरेर कर तिर्ने सहज व्यवस्था मिलाएको हो । यस समझदारीअनुसार सम्पूर्ण करदाताहरूले बैंकको मोबाइल एप वा इन्टरनेट बैंकिङबाट आफ्नो कर दाखिला गर्ने व्यवस्था मिलाइएको छ ।

बैंकले यस सुविधा उपलब्ध गराएसँगै यी ४ पालिका भित्र व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर तथा अन्य सबै प्रकारका करहरू बैंकको मोबाइल एपबाट सजिलै दाखिला गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *