विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई गत चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गतचैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड अमेरिकी डलर कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । गत चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *