अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

९ महिनामा बैंक तथा वित्तीय संस्थाले गरे साढे १ खर्ब बढी कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

  • अर्थ सन्जाल
  • २७ बैशाख २०८०, बुधबार १६:४०


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १ खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ५० अर्ब ६४ करोड (१३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३७.१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.४ प्रतिशतले, विकास बैंकहरुको ४.७ प्रतिशतले र वित्त कम्पनीहरुको१.१ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७८ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३
प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को नौमहिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.९ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६५.८ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.७ प्रतिशतले र हायर पर्चेज कर्जा १४.६ प्रतिशतले घटेको छ ।

Artha Sanjal
मिती : २७ बैशाख २०८०, बुधबार १६:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.