नबिल बैंकले २ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले २ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले भुम्लु र बट्टार शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकले हाल कायम रहेको काभ्रेपलाञ्चोक जिल्लाको सल्ले बजारमा रहेको र नुवाकोट जिल्लाको बट्टार बजारमा अवस्थित रहेको कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकले बैशाख ३१ गतेदेखि सो कार्यालय स्थानान्तरण गरी काम कारबाही संचालन गर्ने भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *