अब लहडका योजना अघि नसारौं : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लहडका भरमा कुनै योजना अघि नसार्न सुझाव दिएका छन् । संसदमा जारी बजेट अधिवेशनमा बोल्दै एउटा योजना सकेर मात्र अर्कोमा जान सुझाव दिएका हुन् ।उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा भैरहवा नबनाएको भए उचित हुने भन्दै त्यो ऋणको भार अब कसले बोक्ने भन्दै प्रश्न गरे । ‘अबका दिनमा विज्ञहरुले प्रक्षेपण गरेको आयोजनाले प्रतिफल दिन सक्छ कि सक्दैन बिचार गरेर मात्र बजेट विनियोजन गरौं ।

प्रशासनिक झमेला उत्तिकै छन् त्यसलाई हटाउन ढिला नगरौं । धनी राष्ट्र अमेरिका युरोपले निर्माणको जगतको काम रातभर पनि नसुती गर्छन् नेपाल किन काम बाँकी रराखेर सुत्छ ? विश्व अर्थतन्त्रको प्रक्षेपण गर्नेहरुले सन् २०५० सम्ममा चिन पहिलो शक्तिशाली अर्थतन्त्र भएको मुलुक बन्ने र दोस्रोमा भारत बन्ने छ । यसबाट लाभ लिन अहिलेबाटै नलाग्ने हो भने जनतामा सधैं निराश छाउनेछ ।’उनले भने

संसदमा बोलदै शर्माले विवशताको आँशु पिउँदै कुनै युवा बिदेशिन नपरोस् भन्दै सरकारलाई सुझाव दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *