कर्जाको जमानी दिँदा सजक हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकको कर्जाको जमानी दिँदा सजक हुन आग्रह गरेको छ । राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि सूचना प्रकाशित गर्दै कुनै कर्जाको लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरु, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जासम्बन्धी सर्त एवम् जमानीसम्बन्धी कानूनी व्यवस्था र भविश्यमा आइपर्न सक्ने आफ्नो दायित्व प्रष्ट बुझेरमात्र जमानी दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरुपता ल्याउने उद्देशयले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुने र कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था सर्वोच्च अदालतको आदेशमार्फत आधारित रहेको छ।

नेपाल राष्ट्र बैंक एने, २०५८ले ‘कर्जा चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेको छ। त्यसैले यदि कसैले जमानी दिएको छ भने कर्जा लिएको होइन जमानीमात्र दिएको हो भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

May be an image of text

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *