सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन  प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य  तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमै किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *