बोर्डद्वारा १६ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायीको लाइसेन्सको आशय पत्र प्रदान गरेको छ । बोर्डले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको हो ।

बोर्डले नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट, हिमालयन ब्रोक्रेज कम्पनी, सि.बि.आई. एल. सेक्युरिटिज, के बि एल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरबिबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपिएसए सेक्युरिटिजलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको हो ।

बोर्डका अनुसार एलओआई पाएको कम्पनीले बोर्डले तोके अनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउनेछन् ।

धितोपत्र बोर्डले नबिल सेक्युरिटी लिमिटेडलाई धितोपत्र व्यापारीको लाइसेन्सको लागि एलओलाई दिएको छ ।

यस्तै, मेगाल स्टक मार्केट लिमिटेडले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको हो । अन्य १४ कम्पनीले भने सीमित कार्य गर्ने धितोपत्र दलालको लागि एलओआई पाएको धितोपत्र बोर्डले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *