सङ्घीयता यथाशीघ्र खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता यथाशीघ्र खारेज गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष केसीले कोशी प्रदेशको नामाकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गर्नुपर्ने माग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा समेत राखेको छ ।

केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण जातिवादीहरूले गरेको भन्दै विरोध जनाएका छन् । त्यस्तै  केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको बताएका छन् । जातीय सङ्घीयताले राष्ट्रिय विखण्डन गर्ने र देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि समेत आँच पुर्‍याउने केसीको भनाई छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *