सङ्घीयता यथाशीघ्र खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता यथाशीघ्र खारेज गर्नु पर्ने बताएका छन् । अध्यक्ष केसीले कोशी प्रदेशको नामाकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गर्नुपर्ने माग गरेका छन् । एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा…



