बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक

नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ ।

संघीय सरकारको उद्योग, बाणिज्य तथाआपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी आज मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्रमा प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कामना सेवा विकास बैंक ग्राहकको चाहना अनुसार र समय सान्दर्भिक उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको विकास बैंक हो ।

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्ग चित्र’भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिक म्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्क लगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा दाहालले आर्थिक विकास नै समृद्धिको मुलआधार भएकाले उद्ममशीलता र ब्यवसायिक प्रवद्र्धनका लागि आयोजना हुन लागेको बिजनेस समिटमा विकास बैंकको तर्फबाट साझेदारी गर्न पाएकामा खुसी व्यक्त गरे ।

सम्मेलनका संयोजक समेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटका तर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौलातथा स्टार्ट अप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचान सहित उत्पादन मूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यलिएको जानकारी दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *