अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

उपाधि दाबेदार नेपालकाे सेमिफाइनल प्रतिस्पर्धी कुवेत

  • अर्थ सन्जाल
  • १४ बैशाख २०८०, बिहीबार १९:४६


काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा अपराजित रहेको नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो ।

समूह ‘ए’ को विजेताको रुपमा रहेको नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनल खेलमा भने ओमान र युएईबीच भिड्ने छन् ।

बिहीबार नै भएको नेपाल र कतारबीचको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।

तर जवाफमा आएको कतारलाई पनि नेपालको उत्कृष्ट बलिङको सामना गर्न सजिलो भएन । नेपालले कतारलाई २५.१ ओभरमै ८९ रनमा अलआउट गर्‍यो । कतारबाट जाहिर इब्राहिम र खुराम सेहजादले समान १५ र अमिर फारुकले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि सन्दीप र ललितले अन्तिम विकेटमा ४५ रनको साझेदारी गरेपछि नेपालको स्कोर हेर्न लायक बनेको थियो । सन्दीपले नेपालबाट सर्वाधिक अविजित ४२ रन बनाए । ललितले १७ बल खेली १ रन बनाए । कुशल भुर्तेलले २, भीम सार्की ६, आसिफ शेख १९ र रोहित २७ रनमा आउट भए ।

कुशल मल्लले ३ रनमात्र बनाउन सके । सोमपालले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १२ रनमात्र बनाउन सके । गुलशन झा ७ रनमा आउट भए । कतारबाट अमिर फारुकले ४ र ओबाइस अहमदले ३ विकेट लिए । ज्ञान मुनाविराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।

उपाधि दाबेदार नेपाल शनिबारको सेमिफाइनलमा कुवेतलाई हराएर फाइनल खेल्ने योजनामा छ । पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसीया कपका लागि छनोट हुने अपेक्षा गरिएको छ ।

Artha Sanjal
मिती : १४ बैशाख २०८०, बिहीबार १९:४६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत

सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

ताजा समाचार

  1. ५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री डा. महत
  2. सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहँदैन : अर्थमन्त्री
  3. युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न : कसरी हेर्ने नतिजा ?
  4. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
  5. दुई महिनाभित्र ब्रोकर संख्या ९३ पुर्याउने सेबोन अध्यक्ष हमालको घोषणा
  6. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  7. डलरको मूल्य घट्यो ,कुन देशको कति ?

विजनेश फोकस

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न...

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न :...

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.