गुराँस लाइफ इन्स्योरेन्सद्धारा १३ लाखको मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गर्नु भएका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका छन्। रोकालाई ४ लाख १० हजारको गुराँस जीवन रक्षक बीमा योजनाको बिमालेख समेत कम्पनीले आज नै प्रदान गरेको छ। बीमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बीमा गर्नुपर्ने भन्दै जीवन बीमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *