रावा इनर्जी डेभलपमेन्टको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर वैशाख १३ गते बाँडफाँड गरेको हो ।

कम्पनीले सार्वजनिक निष्काशन गरेको सेयरको १० प्रतिशत अर्थात ५६ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धीत निकायहरुबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुका लागि गत चैत २३ गतदेखि वैशाख ७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओ बाँडफाँड गरेको हो ।

सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुमध्ये प्रचलित कानूनबमोजिम उक्त सेयर बाँडफाँट गरिएको हो ।

आईपीओ बाँडफाँडसम्बन्धी नतिजा हेर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/र तथा सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएको हेर्न सकिन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *