नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले सरकारी कर्मचारीलाई तलब खुवाउन र पूर्व शिक्षकलाई पेन्सन दिन समेत नसक्ने अवस्था भएका वेला पूर्वलडाकुको नाममा पैसा बाँड्ने काम गलत भएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,’विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौँ र भविष्यका लागि सचेत बनौँ । उनीहरूलाई पैसा होइन रोजगारी दिउँ ।’






