

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ४ कम्पनीको १ करोड १७ लाख बढी कित्ता सेयर थपिएको हो।
बिहीबार नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, निर्धन उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तको कुल १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत अर्थात ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, प्रुडेन्सियलको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५ प्रतिशत), डिप्रोक्सको १० प्रतिशत अर्थात १३ लाख ८७ हजार ४९८ कित्ता र निर्धन उत्थानको १९ प्रतिशत अर्थात ४१ लाख ७० हजार ५४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
Artha Sanjal

अर्थ सन्जाल