अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

उक्त आईपीओको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *