आईएमईले १० करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपी) जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

मंगलबार आईएमई लिमिटेडको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

१ अर्ब रुपैयाँ जारी पूँजी रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा आईएमई ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *