


लक्ष्मी बैंकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ ।
साथै बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फबाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गर्नुभएको हो । छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयह?मा अध्ययनरत अमर/शहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राह?लाई छात्रवृत्ति प्रदान गरिने छ ।
छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । यस पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहहलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने बैंकले विश्वास लिएको अधिकृत शाहले बताए ।

अर्थ सन्जाल