बारा-२ मा जनमतका कुशवाहालाई उछिन्दै जसपाका यादवले लिए अग्रता

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई पछि पर्दै फेरि अग्रता लिएका छन् । करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा यादवले यादवले १ हजार ३९० मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिस्पर्धी कुशवाहाले १ हजार ३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *