संसदीय समितिमा सहमति जुट्यो, कसले के पाए ?

संसदीय समितिका लागि सहमति जुटेको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा ३ वटा समितिको सभापति एमालेले लिने सहमति भएको हो ।

सहमति अनुसार नेपाली काँग्रेसले संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति पाउने भएको छ। त्यस्तै एमालेले प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये सार्वजनिक लेखासहित २ वटाको सभापति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति लिने सहमति भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *