तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले १८ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १८ हजार ४६१ मत पाएका छन् ।
वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८१७ मत पाएका छन् । गठबन्धनका भट्टराई भन्दा रास्वपाका वाग्ले ७ हजार ५९९ मतले अगाडि छन् ।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ६७ मत प्राप्त गरेका छन् । यी बाहेक तनहुँ १ मा कुनै पनि उम्मेदवारले डेढसय मत कटाउन सकेका छैनन् ।
Artha Sanjal







