कर्जाको व्याजदर घटाउन केन्द्रीय बैंक लाग्नुपर्छ : उद्योग वाणिज्य महासङ्घ

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घले केन्द्रीय बैंकले कर्जाको व्याजदर घटाउन उपलब्ध सबै उपकरण प्रयोग गर्नुपर्ने भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सुझाव पेश गरेको छ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पदाधिकारी प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी प्रस्ताव गरेको हो ।

अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्चमूल्य वृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ छ ।

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको सावा व्याज तिर्न नसक्ने अवस्था भएका उल्लेख गर्दै अध्यक्ष ढकालले आगामी असार मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरणको सुविधा दिन माग गरे । बैंकको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड दिए।

गभर्नर अधिकारीले निजी क्षेत्रका सुझावलाई सकारात्मकरुपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासङ्घका सुझाव समावेश गरिने बताएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *