लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्ताहरुसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुबीच नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भयो ।

नेपालको विकासमा आवश्यक निजी पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा डिएफआईका प्रतिनिधिहरुले ६ वटा सुझाव प्रस्तुत गरेका थिए ।

सो क्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रबारेमा चर्चा गर्दै मन्त्री महतले भन्ने, ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगति पनि हाँसिल भएको छ, तपाईँहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु।’

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताए। छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *