महासंघ निर्वाचन : पहिलो चरणबाटै बाहिरिए संघाई, अन्जान र उमेशमध्ये कसको पल्ला भारी ?

कसैले पनि ५१ प्रतिशत मत नकटाएपछि उद्योग वाणिज्य महासंघको चुनाव दोस्रो चरणमा धकेलिएको छ । महासंघको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने भएको हो ।

अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् । वरिष्ठ उपाध्यक्ष उम्मेदवारहरुमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत, उमेशलाल श्रेष्ठ ३१.५१ प्रतिशत, रामचन्द्र संघाई ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्

तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघ पहिलो चरणबाटै बाहिरिएका हुन् । महासंघको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *