व्यापार घाटा ९ खर्बमाथि : १० खर्ब ५८ अर्बको आयात हुँदा १ खर्बको निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा नेपालले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा मुलुकबाट विदेशबाट १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात हुँदा मात्र १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ९ खर्ब ५४ अर्ब रुपैयाँ देखिएको छ । यस अवधिमा निर्यात २९.१ प्रतिशतले र आयात १९.१ प्रतिशतले घट्न पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८२.९ प्रतिशतले बढेको थियो भने आयात ३८.७ प्रतिशतले बढेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *