एमसीसीमा चीन जोडिएको अमेरिकाको दावी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने बताए। लूको अभिव्यक्तिसँग चीन कहाँ जोडियो भनेर जिज्ञासा उब्जिएको छ।

पूर्वराजदूत डा. लोकराज बराल भारत र अमेरिकाका हरेक विषयलाई राष्ट्रघात देख्ने परिपाटीले समस्या सिर्जना गरिरहेको बताउँछन् । तर, चीनसँगको बीआरआई सम्झौताबारे कोही नबोलेको पूर्वराजदूत डा. बरालको भनाइ छ।

यहाँ भारत र अमेरिकाको जे कुरा पनि राष्ट्रघात हुन्छ,डा. बराल भन्छन्, तर, एमसीसीजस्तै त हो नि बीआरआई। त्यो विषयमा चुँ पनि बोल्दैनन्। चीनको विषयमा नबोलेको देख्दा नेताहरू उतैबाट प्रभावित भएका त होइनन् भन्ने आशंका छ।

नेताहरूको दोधारे चरित्रका कारण देश सधैं भड्खालोमा परिरहेको डा। बराल बताउँछन्। कृष्णबहादुर महरा सभामुख हुँदादेखि नै एमसीसी अघि बढाउन अवरोध भइरहेको उनी बताउँछन्। माओवादी केन्द्रबाट बनेका सभामुखले एमसीसी टेबल गर्न अवरोध गर्नुले अरूबाट प्रभावित भएको आशंका थपिएको उनको भनाइ छ।

यो प्रस्ताव संसदको छलफलमा जान नदिने कुरा महराको पालाबाटै भएको हाे, उनी भन्छन्, संसद्मा टेबल गर्ने नदिने पनि हुन्छ

उनीहरू कहाँबाट सञ्चालित छन ? यसले प्रश्न खडा गर्छ।

संसदमा टेबल गर्नुअगावै राष्ट्रघात भनेर राजनीतीकरण गरिएको उनी बताउँछन्। भन्छन्, भित्र(भित्र पत्र पठाउने अनि बाहिर भने जनतामा भ्रम छर्ने काम चार-पाँच वर्षदेखि नै भइरहेको छ।

अर्का पूर्वराजदूत दीपकुमार उपाध्याय कमजोर कूटनीति, नेतामा नैतिकता र इमानको संकटका कारण गन्जागोलको अवस्था आएको बताउँछन्। संसद्बाट पास गछौं भन्नेले टेबल पनि गर्दैनन्, पूर्वराजदूत उपाध्याय भन्छन्, उनीहरू कोहीबाट प्रभावित छैनन् कसरी भन्नु ?

एमसीसीलाई अघि बढ्नै नदिनुको पछाडि कुनै न कुनै भित्री कारण रहेको उनको ठम्याइ छ।

आपत्तिजनक छ भने पास गर्छ किन भन्ने ? उपाध्याय भन्छन्, प्रतिबद्धता पत्र नै किन पठाउने त ? त्यो पत्र पठाउनुपर्ने आवश्यकता नै थिएन नि ! अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले समाचार लेखेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *