काठमाडौं । ललितपुरको बखुण्डोलमा घरहरु भासिएका छन् । त्यहाँ निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएका हुन् ।
अपार्टमेन्ट वरपरका घर शुक्रबार राति भासिएपछि स्थानीयबासिन्दा भागाभाग भएका थिए । गदौडका क्रममा कतिपय घाइतेसमेत भएका छन् । एक तला जति घरहरु भासिएका छन् भने केही घर क्षतिग्रस्त भएका छन् ।
आफूहरुसँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग पनि गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन । शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।








