सानिमा जिआईसीको सेयर स्वामित्व परिमार्जन

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरेको हो।

हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब कम्पनीले संस्थापक समूहमो ५१ प्रतिशत र सर्वसाधारणसको ४९ प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन नगर्ने भएमा ७ दिनभित्र काठमाडौंका टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालय वा नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

तोकिएको मितिभित्र निवेदन नदिएमा संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न सहमत भएको बुझिने पनि कम्पनीले स्पष्ट पारेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *