‘दसरा’ले ६ दिनमा कमायो १०० करोड भारू

दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म ‘दसरा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। राम नवमीको अवसर पारेर फिल्म ३० मार्चमा प्रदर्शन गरिएको थियो । जुन फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ ।

‘दसरा’ नानीको १०० करोड कमाउने पहिलो फिल्म हो। यो फिल्मले भारतसँगै अन्य देशमा पनि राम्रो कमाइ गरिरहेको छ। फिल्मले अमेरिकामा २० लाख डलर कमाएको छ।

फिल्मले राम्रो व्यापार गरेसँगै निर्माता सुधाकर चेरूकुरीले निर्देशक श्रीकान्त ओडेलालाई बिएमडब्लु कार उपहार दिएका छन्। निर्माता चेरूकुरीले निर्माण टिमको हरेक सदस्यलाई १० ग्रामको सुनको सिक्का पनि दिएका छन्।

दसरा करिब ६५ करोडमा बनेको फिल्म हो। फिल्ममा नानी र र्कीतिसँगै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ। यो फिल्म हिन्दी, कन्नड, मलयालम, तेलुगू, तमिल भाषा प्रदर्शन भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *