पुँजी बजार सुधारका लागि ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् ।

मन्त्री महतले सोमबार नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए । मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन समेत बोर्डलाई निर्देशन दिएका हुन् ।

मन्त्री महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद सुरु गरेका छन् । आइतबार उनले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग र सोमबार पनि नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *