काठमाडौँ । आज मिटरब्याज पीडित बालुवाटार प्रवेश गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्ना समस्याका बिषयमा छलफल गर्नका लागि उनीहरु बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि पिडित बिहानै उनको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । मिटरब्याज पीडित मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, तमसुक व्यवस्था खारेज हुनुपर्ने , लिइएको धितो फिर्ता गरिनिपर्ने लगायतका माग राखेर लामो समयदेखि आन्दोलित छन् । पिडित र गृह मन्त्रालयको वार्ता टोलीसँगको छलफल हालसम्म पनि टुंगिएको छैन ।
यता ११ दिनको पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पिडितहरु भने आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने र गाउँ पनि नफर्किने अडानमा छन् ।
Artha Sanjal







