रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा आएको छ। यसअघि रसुवाको सुवागढी नाका आंशिक रूपमा सञ्चालन हुँदै आएकोमा आजदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
केरुङ जान, सीमा पास नवीकरण तथा नयाँ बनाउनका लागि आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ । आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान गरिएको छन् । नाका पूर्ण रूपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्।




