‘मिटरब्याजीलाई दलहरुले नै संरक्षण गरिरहेका छन्’

 राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनिरहेको बताइन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनले भनन् ‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँ (मिटरब्याजी)हरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्‍यो ।’

राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका व्यक्तिबाट मिटरब्याजमा पैसा लगाउने काम भएको भए रोक्नुपर्ने पौड्यालले बताइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *