नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ ।
आज ८९ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४९ कम्पनीको सेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज सुपरमाइ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ पुगेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
Artha Sanjal







