नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालक पदबाट आईएमई ग्रुपका चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन् । व्यस्तताको कारण देखाउँदै निफ्राको संचालक पदबाट उनले राजीनामा दिएकामा बैंकको चैत ७ गते बसेको संचालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
ढकालले पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय दिन नसक्ने भन्दै पदबाट बाहिरिएका हुन् । साथै उनको राजीनामा पश्चात् संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल छन् ।
यसैगरी अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।







