उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय यादव निर्वाचित भएका छन् ।यादव ३० हजार ३२८ मतभार प्राप्त गरेर नेपालकाे तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ ।

यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित यादव बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *