डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । एशोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई निर्विरोध चयन हो ।
उपाध्यक्षमा बोधराज देवकोटालाई निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् भने देवकोटा महालक्ष्मी बिकास बैंकका सिइओ हुन् ।
यस्तै सचिवमा सिन्धु विकास बैंकका सिइओ रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सिइओ नरेशसिंह बोहरा निर्विरोध चयन भएको एसोसियसनले जनाएको छ।
एसोसियसनका सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका सिइओ डा.इन्द्र कट्टेल निर्विरोध निर्वाचित भएका छन्।







