लिग टू : सन्दीप चम्किँदा ९५ रनमा समेटियो पीएनजी

आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)ले घरेलु टाेली नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङसामू खुलेर ब्याटिङ गर्ने सकेन ।

पीएनजीले ३२ ओभरमा अलआउट हुँदै मात्रै ९५ रन बनाउन सक्यो । पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् ।

नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे । उनले १० ओभर बलिङ गरेर २५ रन दिँदै ५ विकेट लिए ।यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए । नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *