१५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने, राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार (आज) १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ५ अर्ब ४ करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत २८ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ ३० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० फागुन २९ गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड रुपैयाँ र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *