अबरुद्ध संसद खुलाउन सभामुख र कानुन मन्त्री बिच छलफल

लामो समय देखी अबरुद्ध हुदैँ आएको प्रतिनिधिसभा बैठकलाई सुचारु गर्नका लागि सभामुख सापकोटा र कानुन मन्त्री वडुका बिचमा भेटवार्ता भएको हो ।

‘कानुन मन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानुन मन्त्रीका बिचमा अबरुद्धा संसद सुचारु गर्ने बिषयमा छलफल केन्द्रित थियो,’ सभामुखका प्रेस बिज्ञ श्रीधर न्यौपानले न्युज कारखानासँग भने, ‘संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दैँ त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाउनु भएको छ । उनका अनुसार अबरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने बिषयमा दुवै पक्षमा बिचमा सहमति भएको छ ।

अपरान्ह संसद सचिवालय पुगेका कानुन मन्त्री बडुले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई टेबुल गर्न आग्रह गरे संसद सचिवालयले भने त्यसवारेमा स्पष्ट जानकारी दिएको छैन । ‘एमसीसी टेबुल गर्ने बिषयमा छलफल भयो कि भएन, त्यो बुझन पाएको छैन’ न्यौपानेले न्युज कारखानासँग भने  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *