नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ११ ब्रोकर कम्पनीलाई थप नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको छ। बोर्डले ११ ब्रोकर कम्पनीलाई थप २० वटा नयाँ शाखा खोल्न अनुमति प्रदान गरेको हो ।
बोर्डले सबैभन्दा धेरै ६ वटा नयाँ शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अनुमति दिएको छ। भृकुटीले वीरगन्ज (पर्सा), धुलिखेल (काभ्रे), वीरेन्द्रनगर (सुर्खेत), बर्दिबास (महोत्तरी), बेनी (म्याग्दी) र चरीकोट (दोलखा)मा शाखा खोल्न अनुमति पाएको छ।
त्यसैगरी, सुन्धारा सेक्यूरिटिज लि र निभ सेक्यूरिटिज प्रालीले २।२ वटा शाखा खोल्ने अनुमति पाउँदा अन्यले एक एक वटा नयाँ शाखाको अनुमति हात पारेका छन् ।
यस्तै कालिका सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, थ्राइभ ब्रोकरेज, क्रियटिभ सेक्युरिटिज, आशुतोष सेक्युरिटिजर मिडास स्टक ब्रोकिङले एक/एक शाखा खोल्न अनुमति पाएका हुन्।
धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९ अनुसार ती ब्रोकर कम्पनीहरुलाई नयाँ शाखा खोल्ने अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ।







