आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको फागुन २३ गते साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले संस्थाको उक्त आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेको छ।
उक्त वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
Artha Sanjal






