घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन  छापावाला सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *