हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.७५ प्रतिशत बोनस सेयर र २.७५ प्रतिशत नगद लाभांश (करसहित) छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Artha Sanjal






