सरकारले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार राष्ट्रपति भवन शितल निवासमा विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन बुझाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
Artha Sanjal






