दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको ।

बोर्डको अनुमतिसँगै अब यी २ कम्पनीले आईपीओ निष्काशन गर्ने बाटो खुला भएको छ ।

माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत अर्थात् १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता आईपीओ निष्काशन गर्नेछ ।

त्यसैगरी मोदी इनर्जीले २५ प्रतिशत ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ। यी दुवैले स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछन्।

आईपीओ बिक्री प्रबन्धकमा माई खोला हाइड्रोपावरको प्रभु क्यापिटल र मोदी इनर्जीको सनराइज क्यापिटल रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *