गण्डकीका पूर्वसचिव मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मरहट्टामाथि गोरखाको गोरखा नगरपालिका ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोप छ । अख्तियारले सोही कसूरमा अन्य दुई जना कर्मचारीमाथि पनि मुद्दा दायर गरिएको जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिएको जनाएको छ । अख्तियारका अनुसार पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *